टेकु र कुलेश्वर क्षेत्र डुबान

काठमाडौं:  मनहरा र हनुमन्तेको समेत बाढी मिसिएपछि विशाल रुप लिने बागमतीको बाढीका कारण मंगलबार पनि काठमाडौंका टेकु र कुलेश्वर क्षेत्र डुबानमा परेका छन् ।

सोमबार रातिदेखिको निरन्तर बर्षाका कारण उपत्यकाका खोला-नदीमा ठूलो बाढी आएको थियो । बाढीका कारण उपत्यकाका टेकु र कुलेश्वर क्षेत्रमा प्रभाव परेको छ।

Comments (0)
Add Comment