काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधि भारतले जित्यो । भारतले शनिबार राति सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई सात रनले हरायो । भारत र दक्षिण अफ्रिका अपराजित रहँदै विश्वकपको फाइनलसम्म पुगेका थिए ।भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको छ । यस्तो उपलब्धि हासिल गर्ने भारत तेस्रो राष्ट्र पनि हो । यसअघि वेस्ट इन्डिज र इङ्ल्यान्डले दुई–दुईपटक टी–२० विश्वकपको उपाधि उचालेका थिए । भारत र दक्षिण अफ्रिकाबिचको फाइनल खेलसँगै विश्व क्रिकेटमा केही रमाइला कीर्तिमान पनि बनेका छन् । नवौँ विश्वकपमा बनेका केही कीर्तिमान र केही रमाइला तथ्याङ्कको विषयमा यहाँ चर्चा गरिएको छ ।