टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ:  मोरङमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१० डाँस खोलामा बिहीबार साँझ दुर्घटना भएको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क ५०६३ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश–१–०२–०४० प ७८७५ नम्बरको स्कुटरलाई साँझ ६:१० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनालगत्तै फरार बनेका टिपर चालकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । चालक रंगेली नगरपालिका–२ का ३५ वर्षीय अमृतलाल उराउलाई पक्राउ गरिएको जानकारी बस्नेतले दिए ।

Comments (0)
Add Comment