काठमाडौं : टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यो वर्षको दशैंलाई लक्षित गर्दै विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत ग्राहकले टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक रोजेर लिन सक्नेछन् ।
होमप्लायन्सअन्तर्गत वासिङ मेसिन, फ्रिज, एसी, टिभी, माइक्रोवेभ छन् भने ग्याजेटअन्तर्गत आइफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिनेछ ।
यस्तै टुर प्याकेजअन्तर्गत मरिसस, ब्यांकक, मलेसिया, दुबई वा युरोप रहेका छन् । साथै,बुकिङ गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न गर्न सक्ने कम्पनीले जनाएको छ ।