काठमाडौँ:बुधबार बिहानै १८ जनाको ज्यान जाने गरी भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना पाइटल मनिषरत्न शाक्य भने ज्यान बचाउन सफल भएका छन् । टाउकोमा चोट लागेका शाक्यको सिनामंगलस्थित केएमसी अस्पताल हाल उपचार भइरहेको छ । परिवार श्रोतका अनुसार उनको निधारमा काटिएको र टाउकोमा गहिरो चोट लागेको छ । उनको खुट्टलगायतका भागमा पनि चोट लागेको छ । अस्पताल स्रोतका अनुसार हाल उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको टाउकोको सीटी स्क्यान गरिएको छ ।
तर उनी कुराकानी गर्नसक्ने अवस्थामा छन् । यसका साथैं पाइलट शाक्यलाई अस्पतालले रिफर गर्ने तयारी गरिसकेको छ ।
निकै अनुभवी पाइलट मनिष शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसन समेत हुन् । उनले सन् २००९ बाट उडान करिअर थालेका थिए । उनले सुरुमा गुण एयरलाइन्समा काम गरेका थिए। सन् २०२२ देखि भने शाक्यले सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरका रुपमा र सौर्य एयरलाइन्समा चिफ अफ अपरेसनका रुपमा कार्यरत छन् । क्याप्टेन शाक्यले गत वर्ष मात्रै युवा अपरेसन डाइरेक्टरको अवार्ड प्राप्त गरेका थिए । ग्यालेक्सी एक्सिलेन्स अवार्डमा उनले सो विधामा अवार्ड पाएका थिए ।