काठमाडौँ : ललितपुर महानगरपालिका–९ च्यासलस्थित पुलमाथिबाट हामफालेकी एक युवती अझै बेपत्ता छिन् ।
आइतबार साँझ ७ बजेतिर एक युवती बागमतीमा हामफालेकी थिइन् । हामफालेको थाहा पाउनासाथ ललितपुर प्रहरी खोजीमा जुटेको थियो । ती युवती हामफालेका पुलमुनि अन्जली शर्मा, घर रुकम मुसिकोट लेखिएको नोटसहतिको झोला र मोबाइल पनि भेटिएको थियो ।प्राप्त नोटमा रुकुम मुसिकोट घर भइ हाल ललितपुरको बालकुमारीस्थित कोठामा बस्दै आएको व्यहोरा खुलेको छ । तर उक्त नोट हामफालेकै युवतीको हो कि होइन भन्नेमा प्रहरीले यकिन गरेको छैन ।