काठमाडौँ:आइतबार एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै छन् । जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरुसँग छलफल हुनेछ ।
त्यस्तै, बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरुको आन्तरिक समस्याका सम्बन्धमा र नेपालमा इआइए/आइइइ लगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापन सम्बन्धी समस्याका सम्बन्धमा छलफल हुनेछ ।
त्यसैगरी, बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल हुनेछ ।