काठमाडौं: नेपाल आयल निगमले बिहीवार मध्य रातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले बुधवार राति जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘इन्डियन आयल कर्पोरेशनबाट आज १५ अगष्ट, २०२४ (श्रावण ३१, २०८१) मा प्राप्त नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु ५.०० र डिजेलमा रु.२.९६ ले घटेर आएको छ । निगम सञ्चालक समितिको मिति २०८१/०४/३१ गतेको निर्णय अनुसार १६ अगष्ट, २०२४ (मिति २०८१/०४/३२) को बिहान ००:०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु. ५.०० तथा डिजेल र मट्टितेलमा प्रति लिटर रु.३.०० ले घटाईएको छ ।’