काठमाडौं :ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकका प्रमुख बजार अधिकृत दिलीप पोखरेल र नास–आईटीका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरे ।यो साझेदारीअनुसार नास आईटीको उद्योग-बीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवाचार मार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउने मिसनमा महत्वपूर्ण माइलस्टोनको संकेत गर्नेछ । यस साझेदारी मार्फत ग्लोबल आईएमई बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रोडक्टहरू र सफ्टवेयरहरूको पहुँच प्राप्त गर्ने सम्झौतामा उल्लेख गरिएको छ। नास आईटी मार्फत् बैंकको डिजिटल बैंकिंग र आईटी टोलीले प्राविधिक प्रगति सम्बन्धित सल्लाहहरू प्राप्त गर्ने र नास आईटी सदस्य कम्पनीहरूले बैंकबाट अनुकूलित वित्तीय सोलुसनहरू र विशेष सेवा प्राप्त गर्ने बैंकले जनाएको छ ।
नास आईटी नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य सहित स्थापना भएको आईटी कम्पनीहरूको गैरनाफामूलक छाता संस्था हो। ग्लोबल आईएमई बैंक नेपालमा एक प्रमुख वित्तीय संस्था हो, जसले रणनीतिक वित्तीय पहलहरू मार्फत आर्थिक विकासलाई प्रोत्साहन गर्न प्रतिबद्ध छ ।