काठमाडौँ : रास्वपाले गत असार २५ गते ढकाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो। आफूलाई पार्टीबाट हटाउने निर्णय तीन कारणले अवैध भएको ढकालले साउन १३ गते आयोगमा दर्ता गरेको निवेदनमा जिकिर गरेका छन्।
कानून अनुसार सफाइको मौका नदिइएको, रास्वपाको बैठक सञ्चालन कार्यविधिको दफा ६ विपरीत महामन्त्री बाहेकले बैठक आह्वान तथा सञ्चालन गरेको र रास्वपाको सदस्य तथा पदाधिकारी भएर प्रयोग पाउनु पर्ने संवैधानिक हकबाट बन्चित गरिएको ढकालको भनाइ छ।
निवेदनमा आफूलाई पदमुक्त गर्ने रास्वपाको निर्णय अद्यावधिक नगर्न पनि आयोगसँग माग गरिएको छ।