काठमाडौँ : हमासले गाजाको युद्धविराम प्रस्तावसँग सकारात्मक र लचिलो रहेको जिकिर गर्दै अर्को कदम चाल्नु इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दायित्व भएको हमासका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
“यदि प्रशासनले युद्ध समाप्त गर्न चाहेको खण्डमा नेतान्याहुलाई युद्धविराममा पुग्न दबाब दिनुपर्ने हमासको राजनीतिक ब्युरोका सदस्य हुसाम बद्रानले विज्ञप्ति मार्फत जनाएका छन् । द्वन्द्वमा प्यालेस्टिनी जनता पीडित रहेको उल्लेख गर्दै इजरायली सेनाले पीडितको झूटो दाबीको पछाडि लुकाउँने गरेको बताउनु भएको छ ।इजरायललेसन् २०२३ अक्टोबर–७ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको हिंसाविरुद्ध बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठुलो मात्रामा आक्रमण गरिरहेको छ । जसमा एक हजार २०० मानिसहरु मारिए भने २३० भन्दा बढीलाई बन्धक बनाइयो ।