के काम गरेबाफत पर्यटन मन्त्री बद्रि पाण्डेले ८६ अंक पाए ?

नमस्कार, म आज नेपालका सबैभन्दा उच्च अंक ल्याएर पास हुनु भएका बाजुरेली जनताले निर्बाचित गर्नुभएका माननीय मन्त्रि बद्रि पाण्डे बारे बिशेष प्रश्नका साथ् बिश्लेषण गर्न लागिरहेको छु।
नेपाल कस्तो अच्चमको देश,जहा चोर्ने,लुट्ने,भ्रष्टचार गर्ने मन्त्रि नै सबैभन्दा राम्रो अंक ल्याउछ,कस्तो बिडम्बना जस्ले क्यासिनो संचालको अनुमति पत्र लाइसेन्स दिदा करोडौ घुस लिएको तथ्य प्रतिपक्षबाट हैन आफ्नै दलका अर्का जिम्मेवार सांसदबाट खुल्लम खुल्ला सार्बजनिक गर्दा पनि ८६ अंक आउने कस्तो राम्रो काम वा मन्त्रि ज्यु ? तेत्रो गम्भिर आरोप लाग्दा पनि पाटि भित्रै माफी माग्न लगाएर ढाकछोप गर्ने कस्तो नैतिकता र कस्तो अंक आएछ मन्त्रि ज्यु तपाईलाई ८६ हैन १०० मा १०० नै दिनु पर्छ ? एउटा गम्भिर प्रश्न ? तपाईले आफ्ना काण्ड लुकाउन पाटि भित्र अनेकौ चलखेल र सौदाबाजी त गर्न सक्नु होला तर नेपाली र बाजुरेली जनताको आँखामा छारो हाल्न सक्नुहुन्न।
नेपालको सर्बोउत्क्रिस्ट नम्बर ल्याएका पर्यटन मन्त्रि पाण्डेलाई सोध्न चाहान्छु ? ल बताई दिनुहोस त तपाईले नेपाली जनताको लागि के काम गर्नु भो ? छोड्नु होस् नेपाली हैन तपाईलाई चुनाब जिताएर मन्त्रि बनाउने बाजुरेली जनताको लागि चै के काम गर्नु भो र के दिनु भो ?  जसको मुल्यांकन गर्द्दै आफुले आफुलाई ८६ अंक दिनु भो ? मन्त्रि ज्यु कुनै एक काम भनिदिनुहोस त ?


नेपालकै ७७ औ स्थानमा पर्ने बाजुराको शिक्षा सुधारको लागि के गर्नु भो ?
बाजुराको स्वास्थ्य सुधारको लागि के गर्नु भो ?
खानेपानीका लागि के पहल गर्नु भो ?
गरिबी उकास्न के काम गर्नु भो ?
रोजगारीको क्षेत्रमा चै के गर्नु भो ?
ल यो सब छोड्दिनुहोस,तपाईले भनेकै मानौ यो सबै तपाईको मन्त्रालय अन्तरगत पर्दैन ? त भन्नुहोस तपाईकै मन्त्रालय अन्तरगत पर्ने पर्यटन बृदी बिकासका लागि चै के गर्नु भो ? कुनै एक काम भन्नु त ? ल धेरै कुरा छोड्नुहोस त्यो पनि सोध्धिन भन्नुहोस तपाइकै बाजुरामा अवस्थित देशकै पबित्र धार्मिक स्थान बडिमालिकालाई स्थरउन्नति र देशकै धार्मिक र पर्यटकीय हब बनाउन के गर्नु भो ? यति त जवाफ दिनुहोस ? कुनै एक काम गर्नु भो ताकी हामीलाई तपाईको ८६ अंकमा बिश्वस्त हुन सकु। म बाताई दिउ तपाइले के काम गर्नु भो ?
तपाई आफ्ना आसे पास्से पाटिकार्यकर्तालाई राम्रै पोस्नु भो ?
बिचौलियासंगा बार्गेनिङ्घ गरी कमिसन लिनु भो ?
यो चै सहजै गर्नु भो ? अनि हुन्छ बाजुरा र देशको बिकास ?
अब तपाई लाई बाजुरेली जनताले किन जिताउने ? के तपाईले नेपलकै ७७ औ स्थानमा रहेको बाजुरालाई उकास्न कुनै एक काम गर्नु भो ?  छैन नि ? अनि बाजुरा सधै तपाईहरु जस्ता भ्रस्ट नेता उत्पादन र परिक्षण गर्ने कारखाना भै दिनु पर्ने ? भन्न चाहन्छु तपाई जस्तो बाजुरेली जनताको नेता हुन सक्दैन ? तपाई आसे पासे कार्यकर्ताको नेता हो जनताको नेता हैन ? यदि बाजुरेली जनताको नेता हुथ्यो भने बाजुरा सधै बिकास,पूर्वाधार,स्वस्थ,शिक्षामा सधै देशको ७७ औ स्थानमा पर्दैन थियो?
मन्त्रि बद्री पाण्डेलाई गम्बिर आलोचनाका साथ भन्न चाहान्छु तपाई सच्चिनुहोस समग्र नेपाली र बाजुरेली जनताको हकहितमा काम गर्नुहोस् ता कि बाजुरेली जनताले तपाईको नक्कली नम्बर देखेर है मनै देखि आफ्नो जनप्रतिनिधि हो भनेर गौरब गर्न सकुन तपाईका केहि थान आसे पासे,भारौटेको मुठ्ठिबाट बाहिर निस्किनुहोस,बाजुरेली जनताको स्थरउन्नति लागी काम गर्नुहोस शुभकामना।

Comments (0)
Add Comment