काठमाडौँ : दक्षिण अफ्रिकाका स्पिनर केशव महाराजले टेस्ट क्रिकेटमा २ सय विकेट पुरा गरेका छन्। जिम्बाबेसँगको पहिलो टेस्ट खेलका क्रममा, कप्तानको भूमिकामा रहेका महाराजले आफ्नो ५९औं टेस्टमा यो उपलब्धि हासिल गरे।
उनअघि कुनै पनि दक्षिण अफ्रिकी स्पिनरले टेस्टमा २ सय विकेट लिएको थिएन। टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाका लागि सबैभन्दा धेरै विकेट लिने खेलाडी डेल स्टेन (४३९ विकेट), शन पलक (४२१ विकेट), र मखाया एन्टिनी (३९० विकेट) हुन्।