कृषि अनुदानमा पारदर्शिता सुनिश्चित: कृषिमन्त्री अधिकारी

काठमाडौँ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा भएका अनियमितता अन्त्य भइसकेको बताएका छन्।

 

 

 

नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रद्वारा आयोजित सम्मेलनमा उनले हालसम्मको अनुदान विवरण सार्वजनिक गर्न सुरु गरिएको जानकारी दिए। यसले अनुदान वितरणमा पारदर्शिता बढाउने र कोही पनि रकम दुरुपयोग गर्न नसक्ने अवस्था सिर्जना गर्ने मन्त्री अधिकारीको भनाइ छ। उनले पछिल्लो पाँच वर्षमा कृषि अनुदानका लागि १ खर्ब ५ अर्ब रुपैयाँ खर्च भएको जनाउँदै अबदेखि मन्त्रालयमार्फत प्रत्यक्ष अनुदान रोकिएको पनि बताए। साथै, कृषिमा आत्मनिर्भरता हासिल गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने उनले उल्लेख गरे।

 

Comments (0)
Add Comment