कांग्रेस-एमालेलाई जसपा नेपालको समर्थन

काठमाडौं,: जनता समाजवादी पार्टी, नेपालका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले एमाले–कांग्रेससहितको गठबन्धनमा आफूहरुको पनि समर्थन रहने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको परिस्थितिमा कांग्रेस–एमाले नेतृत्वको सरकारलाई जसपा नेपालले समर्थन गर्नुनै उपयुक्त हुने बताए काछन ।राम्रो गर्न खोज्दाखोज्दै जनतामा निराशा, अविश्वासलगायतका भाष्य निर्माण भइरहेको उनले बताए । यस्तो अवस्थामा दुई ठूला दल मिलेर सरकार बनाउदा देश र जनतालाई फाइदा नै हुने उनको भनाइ छ ।

फरक प्रसंगमा उनले एमाले–कांग्रेसबीच अहिले कुन–कुन कुरामा संविधान संशोधन गर्ने भन्नेबारेमा स्पष्टता नआइसकेको बताए । देश र जनताको हितमा अग्रगामी सोचका आधारमा संविधान संशोधन गर्न उपयुक्त हुने उनको भनाइ छ ।

 

Comments (0)
Add Comment