काठमाडौं: नेपाली कांग्रेसका जिल्ला सभापति र उपसभापतिलाई गृहजिल्ला फर्किएपछि पाँच महिनामा कम्तीमा ५ जना नयाँ साथी बनाउन विज्ञले सुझाव दिएका छन् ।
पोखरामा मंगलबारबाट सुरू भएको अभिमुखीकरणमा सहभागी ७७ वटै जिल्लाका सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारी सम्हाली रहेका उपसभापतिहरूलाई विज्ञले यस्तो सुझाव दिएका हुन्।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भबारे पोखरामा दुईदिने अभिमुखीकरण आयोजना गरेको छ ।
अभिमुखीकरणको बन्दसत्रमा प्रतिष्ठानका सदस्य डा. कृष्णप्रसाद पौडेलले ‘कांग्रेसको नेतृत्वमा भएका आर्थिक सामाजिक विकास’ विषयक कार्यपत्र पेस गर्दै उनीहरूलाई पाँच महिनामा कम्तीमा ५ जना नयाँ साथी बनाउन भनेका छन् ।