कांग्रेसमा डिजिटल टीम बनाउने प्रस्ताव

काठमाडौं: नेपाली कांग्रेसलको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘डिजिटल टीम’ बनाउने बारेमा छलफल सुरू भएको छ ।

 

 

नेपालीमाझ सामाजिक सञ्जाल लोकप्रिय बन्दै गएको र फेसबुकका नेपाली प्रयोगकर्ता एक करोड नाघेको भन्दै पार्टीको ‘डिजिटल टीम’ बनाउने प्रस्तावमा कांग्रेसले छलफल सुरू गरेको हो ।जिल्ला सभापति र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूका लागि संगठन र समसामयिक सन्दर्भमा पोखरामा आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रमको बन्दसत्रमा प्रतिष्ठानका तर्फबाट सदस्य विश्वदीप लामिछानेले ‘नेपाली कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव’ विषयक कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा केन्द्रदेखि स्थानीय तहसम्म चारवटा टीमको परिकल्पना गरिएको छ । जसमा ‘डिजिटल टीम’को संरचनामा राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय तहसम्म हुनेछ ।

Comments (0)
Add Comment