ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेससँग सत्ता सहयात्राको औचित्य पुष्टि गर्ने प्रयास

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदन नेकपा एमालेको सचिवालय बैठकमा प्रस्तुत भएको छ ।

बिहीबार बसेको पार्टीको सचिवालय बैठकले उक्त प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय लिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

 

 

एमालेको केन्द्रीय कमिटी बैठक आगामी पुस २१ र २२ गतेका लागि तय भएको छ । उक्त बैठकका लागि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन तयार पारेका हुन् ।

‘पर्सि पुस २१ र २२ गते दुई दिन बस्ने केन्द्रीय कमिटीका लागि तयार पारिएको मुख्य प्रतिवेदनमा छलफल गर्‍यौं,’ बैठकपछि उपमहासचिव ज्ञवालीले भने, ‘अध्यक्षकोतर्फबाट तयार गरिएको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

उनका अनुसार प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाबारे ‘गम्भीर विवेचना’ गरिएको छ ।

‘प्रतिवेदनमा खासगरी पछिल्लो राजनीतिक अवस्थाको बारेमा गम्भीर विवेचना गरिएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच बनेको सरकारपछि बनेको पहिलो बैठक भएकाले किन नयाँ सहकार्य बनाउन पर्यो, यसको आवश्यकता र औचित्यको बारेमा विश्लेषण गरेका छौं,’ उपमहासचिव ज्ञवालीले भने ।

Comments (0)
Add Comment