काठमाडौँ: चीनको हान्चाउमा सम्पन्न १९ औं एशियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ र शिरिष फाउण्डेसनबीच सम्झौता भएको छ ।
मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच फाउण्डेसनले एरिकासँग एक वर्षका लागि सम्झौता गरेको हो । फाउण्डेसनका अध्यक्ष शिरिष गुरुङ र एरिकाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै एरिकाले एक वर्षसम्म मासिक १५ हजार रुपैयाँ, खेल सामग्री र प्रदर्शनको आधारमा थप प्रोत्सहान पुरस्कार प्राप्त गर्नेछिन् । पौडीको एक सफल खेलाडीका रुपमा रहेका शिरीष गुरुङको नाममा उक्त फाउण्डेसन सन् २०१७ मा स्थापना भएको हो । एरिका फाउण्डेसनसँग जोडिने तेस्रो खेलाडी हुन् । यसअघि फाउण्डेसनले बक्सिङकी सुष्मा तामाङ र उसुकी निमा घर्तीमगरसँग सम्झौता गरेको थियो ।