काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण चलिरहेको समयमा अवैध अनलाइन सट्टेबाजीमार्फत दुई करोड पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार भएको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अभियान चलाउँदै स्टेक डटकम, बेडबुक डटकम लगायतका वेबसाइट तथा एप प्रयोग गर्ने दुई समूहमा संलग्न १० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरूको डिजिटल वालेटमा भएको रकमको कारोबार तथ्यांक नै प्रमाणका रूपमा फेला परेको हो। प्रहरीले अनलाइन जुवा, ठगी तथा डिजिटल माध्यमबाट हुने आर्थिक अपराध नियन्त्रणमा थप कडाईका साथ अनुसन्धान र कारबाही जारी राख्ने जनाएको छ।