एनपीएलको उपाधि भिडन्तमा सुदूर कि जनकपुर

काठमाडौँ : सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल शनिवार हुँदै छ। एनपीएलको उपाधिको लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्बीच प्रतिस्पर्धा हुनेछ। मसिंर १५ देखि आयोजना भएको एनपीएलमा अन्ततः फाइनलिस्टको दाबेदारमा सुदूर र जनकपुर खडा भए। यस संस्करणको एनपीएलमा कूल ८ टोलीले सहभागिता जनाएका थिए। बाँकी ६ टोलीलाई पछि पारेर सुदूर र जनकपुर फाइनलको लायक बनेका हुन्।

अझ रोचक त के छ भन्दा, यसअघि पनि यी दुई टोलीले दुई पटक एक अर्काको विरुदमा खेली सकेका छन्। तेस्रो पटकको भेट भने फाइनलमा हुँदै छ। तर, दुर्भाग्य जनकपुर दुई पटक नै सुदूरपश्चिमसँग पराजय भएको छ।

लिग चरणको खेलमा सुदूरले जनकपुरलाई ७२ रनले हराएको थियो। त्यस बखत जनकपुर बोल्ट्स टेबलको नम्बर एक मा थियो। तर ७२ रनको फराकिलो हारसँगै सुदूरले जनकपुरको अपराजित यात्रामा ब्रेक लगायो।

 

 

 

त्यसपछि यी दुई टोलीबिच एनपीएलको क्वालियफार १ को खेलमा आमने सामने भए त्यस खेलमा पनि जनकपुर माथि सुदूर हाबी नै भयो। जनकपुरलाई ८ विकेटले हराउँदै सुदूर फाइनल प्रवेश गरिहाल्यो। अनि, यता, जनकपुरले भने कर्णाली याक्ससँग क्वालियफायर २ को खेल खेल्न पर्‍यो। कर्णालीलाई २ विकेटले हराउँदै जनकपुरले फेरि पनि आफ्नो भेट सुदूरपश्चिमसँग पक्का गर्‍यो।निवार हुने फाइनल रोचक हुने अनुमान गरेको छ। एकातर्फ सुदूर जनकपुरलाई तेस्रो पटक हराउँदै उपाधि रक्षा गर्न दाउमा हुन्छ भने अर्का तर्फ सुदूरलाई फाइनलमा हराएर उपाधिमा आफ्नो हक जमाउने लक्ष्यमा जनकपुर हुनेछ। खेलअघि भएको प्रि म्याच पत्रकार सम्मेलनमा सुदूरपश्चिम रोयल्सका मार्की तथा कप्तान दीपेन्द्र सिंह ऐरीले फाइनल खेलको लागि टोली तयार रहेको बताए। उनले पत्रकारहरूसँग भने,’हाम्रो तयारी सबै राम्रो भइरहेको छ, हाम्रो अघिल्लो म्याचहरू पनि राम्रो भयो, भोलि फाइनलमा भिड्नको लागि तयार छौँ।’

यता, जनकपुर बोल्ट्सले भने कप्तानको जिम्मेवारी अनिल कुमार साहालाई दिएको थियो, तर उनी चोटको कारण खेल नखेल्ने भएपछि जनकपुरको कप्तानी अशिफ शेखले गर्दछन्।

अशिफले अघिल्लो खेलको हारलाई भुलेर फाइनलमा राम्रो प्रदर्शन गर्न बताए। उनी भन्छन् ‘हामीले खेलेको खेलमा कुनैमा हामीले उत्कृष्ट खेल्यौँ कतै हामीले लो स्कोर गरेका थियौँ, यी सबैबाट हामीले पाठ सिकेका छौँ, अब भोलि एउटा अन्तिम खेल बाँकी छ यसमा हामीले आफ्नो शतप्रतिशत दिनेछौँ।’

Comments (0)
Add Comment