एक वर्षमा पौने ३५ करोड रुपियाँको अनलाइन ठगी,

काठमाडौं :   गत आर्थिक बर्ष २०८०–८१ मा ३४ करोड ७२ लाख १५ हजार रुपियाँको अनलाइन ठगी भएको देखिएको छ । नेपाल प्रहरीमा परेको उजुरीको आधारमा सो बराबरको अनलाइन गठी भएको देखिएको हो ।

नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । प्रहरीले प्राप्त उजुरीको आधारमा १६६ वटा मुद्दा अघि बढाएको छ । त्यसको अनुमानित ठगी रकम ३४ करोड ७२ लाख १५ हजार रुपियाँ देखिएको हो । प्रहरीले यस्ता मुद्दामा गत आवमा २३३ जनालाई पक्राउ पनि गरेको छ । त्यसमा १९८ जना स्वदेशी र २५ जना विदेशी नागरिक रहेका छन् ।

धेरै ठगी हुनेमा दोस्रो स्थानमा भने अनलाइन बैंकिङ रहेको छ । गत आवमा अनलाइन बैंकिङबाट एक करोड १५ लाख ६० हजार रुपियाँ ठगी भएको प्रहरीको तथ्यांकले देखाउँछ । यसमा प्रहरीले १७ वटा मुद्दा अघि बढाएको छ ।

तेस्रो स्थानमा भने अनलाइन सपिङ रहेको छ । समिक्षा बर्षमा अनलाइन सपिङमार्फत ९७ लाख ६६ हजार रुपियाँ बराबरको ठगी भएको देखिन्छ । त्यसमा प्रहरीले ४० वटा मुद्दा अघि बढाएको छ ।

यस्तै, इसेवा, फोन पे जस्ता वालेटबाट ८९ लाख ७३ हजार रुपियाँको अनलाइन पेमेन्ट ठगी भएको छ । त्यसमा प्रहरीले २८ वटा मुद्दा अघि बढाएको छ ।

यस्तै, सामाजिक सञ्जालबाट ५७ लाख ८५ हजार रुपियाँ, लट्रीको नाममा ४४ लाख पाँच हजार र फिशिङबाट १० हजार रुपियाँ बराबरको अनलाइन ठगी भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीले सामाजिक सञ्चालन ठगीमा १६, लट्री ठगीमा ५ र फिसिङ एउटा मुद्दा अघि बढाएको छ ।

Comments (0)
Add Comment