उपेन्द्र यादवको ब्रिफिङ: भूमिसम्बन्धी अध्यादेश हाम्रो सहमतिबिना अघि बढ्दैन

काठमाडौँ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी गराउँदै, सरकारको भूमिसम्बन्धी अध्यादेश उनीहरूको सहमति बिना अघि नबढ्ने आश्वासन प्राप्त भएको बताएका छन्।

 

यसै कारण, जसपाले अन्य पाँच अध्यादेश स्वीकार गर्ने निर्णय गरेको छ, तर भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने माग यथावत् रहेको छ।

Comments (0)
Add Comment