इनड्राइभले दुर्घटना बीमा सेवा सुरु गर्‍यो, मृत्यु वा पूर्ण अशक्ततामा ८ लाखसम्म क्षतिपूर्ति

काठमाडौं : इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा यात्रु र चालकहरूको लागि दुर्घटना बीमा सेवा सुरु गरेको छ।

 

 

यस योजनामा, दुर्घटनाका कारण मृत्यु वा पूर्ण स्थायी अशक्तता भएमा ८ लाख रुपैयाँसम्म र उपचार खर्चका लागि ८० हजार रुपैयाँसम्म क्षतिपूर्ति प्रदान गरिनेछ। नाबालिग यात्रुहरूको हकमा, बीमित रकमको ५०% सम्म क्षतिपूर्ति दिइनेछ। इनड्राइभ नेपालकी प्रतिनिधि रीता पोखरेलले यो बीमा सेवाले चालक र यात्रुहरूलाई आत्मविश्वासका साथ यात्रा गर्न सहयोग गर्ने बताइन्

Comments (0)
Add Comment