आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक विदा

काठमाडौँ :वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतवार देखाइने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार जावलाखेलमा आज भोटो देखाइने भएको हो । मच्छिन्द्रनाथको जात्रा करिब एक हजार तीन सय वर्षअघि देखि सुरु भएको विश्वास गरिन्छ ।

किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटक वैद्यको खोजीमा लागे। खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।भोटो अपरान्ह ४ बजेपछि देखाइने कार्यक्रम तय भएको छ । भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने भएको छ ।

Comments (0)
Add Comment