काठमाडौँ:बुधबार बिहान ११:११ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सौर्य एयरलाइन्सको जहाज केहीबेरमै दुर्घटनामा परेको हो।दुर्घटनाको विषयमा छलफल र निर्णय गर्नका लागि बुधबार साँझ ५ बजे आकस्मिक बैठक बोलाइएको हो। बैठकले छानबिन समिति बनाउने सम्भावना छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।
दुर्घटनाको विषयमा छलफल र निर्णय गर्नका लागि बुधबार साँझ ५ बजे आकस्मिक बैठक बोलाइएको हो। बैठकले छानबिन समिति बनाउने सम्भावना छ।
सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज काठमाडौंबाट पोखरा उडेको थियो। तर उडेको केही बेरमै दुर्घटनामा परेको हो। विमानमा चालक दलका सदस्यसहित १९ जना थिए। यसमध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। तीमध्ये १७ जना नेपाली र एक विदेशी हुन्।