संस्थाले उपलब्ध गरेको प्रेस बिज्ञप्तीको एक अंश यसप्रकार छ ।
१०० जना भन्दा बढी संस्थापकले माया गरेर हुर्काएको नेपालकै पहिलो र आज सम्म एकमात्र पब्लिक ट्राभल एजेन्सीलाई ट्राभल क्षेत्रमा दशक भन्दा लामो अनुभव बोकेका ब्यक्तित्वहरुले सन्चालन गरिराखेका छन् भने कुशल कर्मचारीहरु द्वारा सेवा प्रवाह हुँदै आएको छ । स्थापनाको दोश्रो बर्ष पार गर्दासम्म नै यस कम्पनीमा एक लाख भन्दा बढीको सदस्यता रहिसकेको छ भने सामाजिक सन्जालमा ७३ लाख भन्दा बढी प्रयोगकर्तामाझ आफ्नो उपस्थिती यस कम्पनीले जनाइसकेको छ । सातै दिन ग्राहक वर्गको सेवामा समर्पित रहेर बिगत दुई बर्षमा ७३० भन्दा बढी दिन यस संस्थाको कार्यलय खुला रहँदा २० हजार भन्दा बढी Inquiry (सोधपुछ) संस्थालाई प्राप्त भएका छन् । राष्ट्रको पर्यटन प्रबर्धनमा अहम् भूमिका खेल्दै आएको यस गुरु ट्राभल्स लिमिटेडले ग्राहकबर्गको बजेटमा नै सेवा उपलब्ध सक्नु नै आफ्नो सफलता र सन्तुष्टी ठान्दछ ।
संस्थागत तर्फ १,२९६ भन्दा बढी सेवा प्रवाह गर्दा ५,७०७ जना यात्राुहरु गुरु ट्रभल्सका बिभिन्न सेवाहरुबाट लाभान्वित भई सकेका छन् । यस ट्राभल्सले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा टिकेटिंग सेवा, होटेल बुकिंग, सवारी साधन बुकिंग, भिषा सहजीकरण सेवा, टुर ब्यबस्थापन सेवा तथा अन्य यात्रासंग सम्बधित सेवाहरु प्रदान गर्दै आएको छ ।
आजको यस वार्षिकोत्सव कार्यक्रमका मुख्य आकर्षणहरु निम्नानुसार रहेका छन् ।
१) सम्पूर्ण ग्राहकवर्ग, लगानीकर्ता, शुभेच्
२) “Invest on Travelling ” अर्थात यात्रामा लगानी गरौ अवार्ड प्रदान गर्ने ।
यात्रामा लगाइएको पैसा, खर्च होइन कि जीवनमा गरिएको वास्तविक लगानी हो भन्ने अवधारणालाई अबलम्बन गर्दै आएको यस गुरु ट्राभल्स लिमिटेडले यस बर्षदेखी यो अवार्डको सुरुवात गरेको छ । यस गुरु ट्राभल्स मार्फत सेवा प्राप्त गरी यात्रामा सर्वाधिक रकमको सदुपायोग गर्नु हुने ११ जना ब्यक्तित्त्वहरुलाई गुरु ट्राभल्सले सम्मान स्वरुप Invest on Travelling अवार्ड प्रदान गर्न लागेको हो ।
३) परिष्कृत र परिमार्जित भएका विभिन्न सेवाहरु सार्वजनिक गर्ने ।
वर्तमान समयमा ग्राहक वर्ग माझ अत्याधिक माग भै आएको तथा ग्राहक वर्ग सामु प्रख्यात रहेका केहि सेवाहरुमा आकर्षक परिमार्जन गरिएको छ । यस संस्थाले प्रदान गर्दै आईरहेका सेवाहरु मध्ये आन्तरिक तथा अन्तराष्ट्रिय पर्यटन अर्थात International Holiday तथा Domestic Holiday मा भएका केहि परिष्कृत सेवाहरु यस प्रकार रहेका छन् ।
Intrenational Holiday अन्तर्गत :
– ९ रात १० दिनको युरोपियन हाइलाइट्स (युरोप टुर)
– ७ रात ८ दिनको स्याण्ड टु सी (दुबई + बाकु टुर)
– ४ रात ५ दिनको अमेजिंग थाइल्याण्ड
– ४ रात ५ दिनको ड्याजिन्ग दुबई
– ९ रात १० दिनको कम्बो एसिया (थाइल्याण्ड+मलेसिया+सिंगापुर)
– ३ रात ४ दिनको Splendid माल्दिभ्स
– ४ रात ५ दिनको म्याजिकल बाली
– ६ रात ७ दिनको गोल्डेन ट्रीप (भिएतनाम + कम्बोडिया)
– ९ रात १० दिनको कैलाश मानसरोवर यात्रा
– ८ रात ९ दिनको Superb ल्हासा (तिब्बत)
यस्तै Domestic होलिडे तर्फ,
– ४ रात ५ दिनको जोमसोम मुक्तिनाथ टुर
– १ रात २ दिनको गोसाइँकुण्ड हेली टुर
– १ रात २ दिनको सुकुटे बीच टुर
– ६ रात ७ दिनको लुम्बिनी, चितवन, लुम्बिनी टुर
– १३ रात १४ दिनको एभरेष्ट बेस क्याम्प टुर
– १० रात ११ दिनको अन्नपूर्ण बेस क्याम्प ट्रेक
– ४ रात ५ दिनको घोरेपानी पुनहिल ट्रेक
– १ रात २ दिनको चित्लांग कुलेखानी टुर र,
– ४ रात ५ दिनको मार्दी बेस क्याम्प ट्रेकिंग
यसरी यात्राका पारखीहरुका लागि देश तथा बिदेशका जुनसुकै गन्तब्य अब गुरु ट्राभल्स मार्फत सजिलै पुग्न सकिने छ ।
४) संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै यस बर्षका लागि CSR कार्यक्रम घोषणा गर्ने ।
कुनै पनि ब्यबसायीक संस्था समाजकै अङ्ग हो र संस्थाले यस समाजमा रहेर नै आफ्ना ब्यबसायिक कृयाकलापहरु सन्चालन गर्ने भएकोले ब्यबसायिक संस्थाको पनि समाजप्रती आफ्नो उत्तरदायित्व रहन्छ भन्ने कुरामा गुरु ट्राभल्स लिमिटेड विश्वास राख्दछ । स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै आएको यस संस्थाले यस बर्ष पनि CSR कार्यलाई निरन्तरता दिदै निम्न कार्यक्रम घोषणा गर्दछ ।
– गुरु ट्राभल्सको CSR २०८१ अन्तर्गत ३० जना बिभिन्न ब्यक्तित्वहरुले काठमान्डौ उपत्यका भित्र रहेका ७ वटा विश्वसम्पदा सुचिकृत गन्तब्यहरु निशुल्क भ्रमण गर्न पाउने छन् । हाल, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, चागुँनारायण, स्व्यम्भुनाथ, बौद्धनाथ र पशुपतीनाथ मन्दिर विश्वासम्पदा सुचिमा सुचिकृत रहेका छन् । ।
अन्तमा, यस दोश्रो वार्षिकोत्सव कार्यक्रममा मा पाल्नुहुने तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस संस्थालाई माया हौशला प्रदान गर्नुहुने सम्पूर्णलाई यस गुरु ट्रभल्स परिवार हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ ।