आईजीपीको जिब्रो थुत्ने अभिव्यक्तिसँगै सञ्चारमन्त्री गुरुङ विवादमा, बर्खास्त गर्नुपर्ने कांग्रेस नेता भण्डारीको माग

काठमाडौं:  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग गरेका छन् । नेता भण्डारीले मन्त्री गुरुङले सार्वजनिक स्थलमा प्रहरी संगठनका प्रमुखलाई अपशब्द प्रयोग गरी अभिव्यक्ति दिएको भन्दै उनको बर्खास्तीको माग गरेका हुन् ।

साथै, नेता भण्डारीले शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा त्यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री हुनुपर्ने पनि उनले बताएका छन् । सरकारमा भएका वा जिम्मेवार व्यक्तिले सत्य तथ्य बङ्गाएर समाजमा वितृष्णा फैलाउने र पार्टी–पार्टीबीचको सम्बन्ध बिगार्ने कार्य नगर्न उनले अनुरोध गरेका छन् ।

मन्त्री गुरुङले केही दिनअघि पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिलाई लिएर अहिले सर्वत्र आलोचना भइरहेको छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले बोलेका कुरा सरकारको धारणा हुने भन्दै धेरैले आलोचना गरिरहेका छन् ।

Comments (0)
Add Comment