काठमाडौँ : अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका–२, सितापुरको भुवनपाटामा बुधबार साँझ लु २ ख ३०३ नम्बरको बस दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
घाइतेमध्ये सात जनालाई लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारका लागि पठाइएको छ। घटनाको अनुसन्धान जारी छ।