काठमाडौँ : सवारी दुर्घटना न्यूनीकरणका लागि अर्घाखाँचीमा सडकमै सवारी चालकहरूको निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण गरिएको छ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा लाहुरे बजारमा आयोजित शिविरमा करिब १ सय चालकको आँखा र रक्तचाप जाँच गरिएको हो। ट्राफिक सचेतनामूलक बोर्ड पनि राखिएको उक्त कार्यक्रमले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।