अर्काको पार्टीलाई टुक्र्याएर आफ्नो पार्टी बलियो भयो भन्ने घमण्ड नगर्नुस्ः उपसभापति गुरुङ

काठमाडौँ : नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीहरुको बीचमा स्वच्छ प्रतिष्पर्धा आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार जनकपुरमा जनता समाजवादी पार्टी, नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एउटा पार्टीले अर्को पार्टीको अस्तित्व स्वीकार गर्ने पारिपाटी आवश्यक रहेको बताउनु भयो । उहाँले सहअस्तित्वको सट्टा एउटाले अर्कोको अस्तित्व निमिट्यान्न पार्नका लागि पदका लागि पार्टीहरु टुक्राउने काम भइरहेको बताउनु भयो । उहाँले पार्टी टुक्र्याएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सबल बन्न नसक्ने बताउनु भयो । उहाँले आफ्नो पार्टी बलियो बनउनु छ भने आफ्नै पार्टीको तला थप्नुपर्ने भन्दै उहाँले अर्काको पार्टीलाई टुक्र्याएर आफ्नो पार्टी अग्लो भयो भन्ने घमण्ड नगर्न चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टीहरुको बीचमा स्वच्छ प्रतिष्पर्धा आवश्यक छ । एउटा पार्टीले अर्को पार्टीको अस्तित्व स्वीकार गर्नुपर्दछ । सहअस्तित्वलाई हामीले अघि बढाउन आवश्यक छ । सहअस्तित्वको सट्टा हामी देखिरहेका हुन्छौँ । एउटा पार्टीले अर्को पार्टीको अस्तित्व स्वीकार गर्नु भन्दा पनि एउटाले अर्कोको अस्तित्व निमिट्यान्न पार्नका लागि पदका लागि पार्टीहरु टुक्राउने काम पनि देखिरहेका छौँ । यसरी जाँदा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सबल र समृद्ध हुन सक्दैन । एउटा पार्टी जन्मेपछि, स्थापित भएपछि त्यो स्थापित भएको पार्टीलाई अर्को पार्टीले अस्तित्वलाई स्वीकार गरेर अघि बढ्नुपर्छ । आफ्नो पार्टी बलियो बनउनु छ भने आफ्नै पार्टीको तला थप्ने हो, अर्काको पार्टीलाई टुक्र्याएर अर्को पार्टीको तला भत्काएर आफ्नो पार्टी अग्लो भयो भन्ने घमण्ड गर्नु हुँदैन ।’

उपसभापति गुरुङले नेपालमा एउटा पार्टीलाई ट्क्राएर आफ्नो घर अग्लो बनाउने प्रवृत्ति कायम रहेको बताउनु भयो ।

Comments (0)
Add Comment