अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस, गिद्धका संख्यामा कमी आउँदा हैजाका बिरामी बढे

काठमाडौँ : गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।

सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण सङ्घको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले कार्यक्रमको आयोजना गरेको हो । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले प्रकृतिका कुचिकार गिद्ध जोगाउनका लागि बासस्थान जोगाउन आवश्यक रहेको बताए । ।

गिद्ध बस्ने अग्ला सिमल, सखुवालगायत रुख मासिँदै गएपछि गिद्धको सङ्ख्यामा निकै कमी आएको बताए । बासस्थानको सुरक्षासँगै जनावरमा प्रयोग हुने घातक विषादीको प्रयोगमा कमी ल्याउनुपर्ने उनको भनाइ थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले गिद्धको सङ्ख्यामा कमी आउँदा हैजा, टाइफाइड, आउ, झाडापखालालगायत रोगको देखियोे बताए ।

Comments (0)
Add Comment