अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयनको समिक्षा गर्नुपर्छः सांसद श्रेष्ठ

काठमाडौँ; जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयनको समिक्षा गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद श्रेष्ठले अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयनको समिक्षा गर्नुपर्ने बताउनुभएको हो । उहाँले बजेट कार्यान्वयनको पाटो र जनताले पाएको उपलब्धिको समिक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अघिल्लो वर्षको कति बजेट के कारणले गर्दा कार्यान्वयन भन्ने कुरा खोज्नुपर्ने र समस्या पहिचान गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘बजेट ल्याउनका लागि मन्त्री नै हुनुपर्ने रहेछ, मन्त्री भएपछि मात्रै बजेट आउँदो रहेछ भनेर सांसदहरुले पनि बोल्नुभयो । त्यो महशुस त छ सबैमा । अहिले अलिकति छरिएको छ । मलाई के लागेको भने बजेट पाउने कुरा एउटा पक्षको कुरा भयो । बजेट कार्यान्वयनको पाटो र जनताले पाएको उपलब्धीको पाटो चाहीँ के छ त्यो पनि समिक्षा गर्नुपर्छ । पोहोर गएको बजेट नै कति कार्यान्वयन भयो ? कति कार्यान्वयन भएन ? किन भएन ? भन्नेकुरा खोज्नुपर्छ र त्यो समस्या के ले गर्दाखेरी भयो ? त्यसको गाँठो नखोलिकन बजेट मात्र पायौँ भनेर रमाउनुपर्ने परिस्थिति छ जस्तो मलाई लाग्दैन ।’
उहाँले यस वर्ष बजेट छरिएको आएको टिप्पणी गर्नुभयो ।

Comments (0)
Add Comment