अग्रजको अनुभव नयाँ पिँढीलाई आवश्यक

काठमाडौँ: राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पूर्व सांसदहरुको अनुभव र क्षमता नयाँ पिँढीका सांसदहरुलाई आवश्यक रहेको बताउनुभएको छ ।

पूर्व सांसद मञ्च, नेपालको २४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले मञ्च संसदीय अनुभवको कारखाना भएकाले नयाँ पिढीका सांसदहरुलाई आवश्यक रहेको र संसदको प्रभावकारिता बढाउन महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको हो ।

 

 

नेपाली जनताको त्याग, तपस्या र बलिदानका कारण देशले नयाँ संविधान पाएको चर्चा गर्दै अध्यक्ष दाहालले अहिलेको संविधानलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । दलीय आग्रहबाट माथि उठेर राष्ट्रसामु देखा परेका विषयमा साझा धारणा बनाउने पूर्व सांसद मञ्चको कार्यशैलीबारे प्रशंसा गर्दै उहाँले समयानुकूल संस्थाको विश्वसनीयतालाई बढाउँदै लैजानु पर्नेमा जोड दिनुभयो ।

Comments (0)
Add Comment